निजी क्षेत्र राज्यको अभिन्न अंग हो: प्रजिय गौतम

Share:

लेखनाथ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राज्य निर्माणको अभियानमा निजी क्षेत्रले खेलेको भुमिका महत्वपुर्ण भएकाले निजी क्षेत्र राज्यको अभिन्न अंग भएको बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले सोमवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिय गौतमले सरकारले गर्नु पर्ने काम निजी क्षेत्रबाट भएकाले कानुनको परिधि भित्र रहेर ब्यापार ब्यवसाय गर्न समेत उनले आग्रह गरेका थिए।

लगानीको वातावरण सृजना गर्ने काम राज्यको हो त्यसमा शान्ति सुरक्षा अपरिहार्य भएकोले ढुक्क भएर ब्यवसाय गर्नोस त्यसमा सरकारको सहयोग रहनेमा उनको स्पष्ठ भनाई रहेको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले विकास निर्माणको क्षेत्रमा खेलेको भुमिका र यस क्षेत्रमा देखिएका समस्यहरुका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा संघका पुर्व अध्यक्ष बावुराम गिरीले विकास निर्माणमा प्रशासनको भुमिका बारेमा चर्चा गरेका थिए भने संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले निजी क्षेत्र र सरकारका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: