
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का एक युवा घाइते भएका छन् ।
मंगलबार दिउँसो अन्दाजी १ः०९ बजे पोखरा सराङकोट सडकखण्ड स्थित गुम्बा नजिकै पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पर्वत जिल्ला कुश्मा नगरपालिका– ७ चुवा निवासी ३२ वर्षीय माधव गिरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार वर्ष ३२ कै गोविन्द गिरीको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
