पर्वतमा भिरबाट खसेर एक युवकको मृत्यु

Share:

पर्वत । पर्वतमा भिरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जलजला गाउँपालिका–३ वारीबेनी निवासी कुमार दमैको छोरा १८ वर्षीय असल परियारको भिरबार खसेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको हो ।

फागुन २७ गते घरबाट मल्लाज जानेक्रममा बेपत्ता भएका परियारको मंगलबार दिउँसो १२ बजे मल्लाजस्थित ठूलो सल्लेरी सामुदायिक वनको सानो भिरमुनिको रुखको जरामा अड्किएको अवस्थमा शव फेला परेको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: