पर्वतस्थित कालीगण्डकीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला

Share:

पर्वत । पर्वतस्थित कालीगण्डकी नदीमा एक हप्ता अघि हामफालेर बेपत्ता भएका युवा आज मृत अवस्थामा फेला परेका छन् ।

बिहादी गाउँपालिका–२ पैंयु निवासी ३५ वर्षीय ज्ञानबहादुर कुँवर फागुन २६ गते कालीगण्डकी नदीमा हामफाली बेपत्ता भएकोमा कुँवरको खोजीगर्ने क्रममा मंगलबार बिहान १० बजे विहादी गाउँपालिका–३ पस्यार स्थित कालीगण्डकी नदीको किनारमा शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: