लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु

Share:

लमजुङ । लमजुङको क्वहोलासोथार गाँउपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा अचानक परेको चट्याङबाट एक छात्रको मृत्यु भएको छ । चट्याङबाट अन्य ८ विद्यार्थी र सोहि स्कुलमा अध्यापन गराउने २ जना शिक्षिका घाईते भएका छन् ।

मंगलबार दिउँसो ०१ः५० बजे परेको चट्याङबाट घाइते भएका मध्ये २ जना विद्यार्थीहरुलाई उपचारको लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याउने क्रममा जिल्ला लमजुङ क्वहोलासोथार गाँउपालिका–४ भुजुङ बस्ने वर्ष १८ का बिनोद बि.क.को बाटोमै मृत्यु भएको हो ।

अर्का घाइते छबिन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको अवस्था सिरियस रहेको बताइएको छ ।

अन्य घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: