शिक्षा पत्रकार समाज गण्डकी संयोजकमा–केशव

Share:

पोखरा । शिक्षा पत्रकार समाज गण्डकी प्रदेश संयोजकमा केशव पाठक चयन भएका छन् ।

समाजको सहसंयोजकमा परशुराम शर्मा (कास्की) र प्रकाशचन्द्र भट्टराई (तनहुँ), कास्की जिल्ला संयोजकमा तारा चापागाई (दुवे), प्रदेश सदस्यहरुमा जुना थापा (कास्की), अनुज अधिकारी (लम्जुङ), माया अधिकारी (पर्वत), खेमराज गौतम (सुभाष) बागलुङ), लक्ष्मीप्रसाद पगेनी (नवलपुर), हरि सुवेदी (शुशिल) स्याङजा, सन्तोष गौतम(म्याग्दी), सुन्दर थकाली (मुस्ताङ), नविन लामिछाने(मनाङ), अस्विन दानी (गोर्खा) रहेका छन् ।

संस्थाको सल्लाहकारमा हरिप्रसाद बास्तोला (कास्की), राजेन्द्र पहाडी(पर्वत), रोहर्शन पौडेल (कास्की) र भवानी अधिकारी (स्याङजा) चयन भएका छन् ।

शिक्षा पत्रकार समाजद्धारा आज पोखरामा आयोजना तथा कोभोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहयोगमा शिक्षा पत्रकार समाजले आज पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा सो टिमको घोषणा गरिएको हो ।

नवगठित समिति तथा सल्लाहकारहरुलाई संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले टिका लगाएर स्वागत गर्दै पत्रकारिताको क्षेत्रबाट शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षामा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: