
पोखरा । नेपाली बजारमा बुधबार सुनको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सयले बढेको छ । आज छापावाला सुन तोलामा ८६ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार, सोमबार र मंगलबार छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ४५० रहेको छ ।
यसैगरी, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
