
पोखरा । देशभर गत २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ७२४ जना महिला र १ लाख ७८ हजार ७९४ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५५ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १४ जनाले भने ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा भने कोरोनाले कसैको पनि ज्यान गएको छैन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९५४ रहेको छ । क्वारेन्टीनमा ४९ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७८१ परिक्षण भएको छ भने हालसम्म २२ लाख २४ हजार २९३ परिक्षण भएको छ।
