
पोखरा । गण्डकी प्रदेशमा आज बिहीबार थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र बाग्लुङका जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १२ जना छन् भने बाग्लुङका २ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ४१ वर्षीय पुरुष, वडा नं. ६ का ४१ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं. ७ का ५८, ३० र ५८ वर्षीय पुरुष, वडा नं. १२ की ६४ वर्षीया महिला, वडा नं.१५ का ५३ वर्षीय पुरुष, वडा नं.१६ का ३१ वर्षीय पुरुष, वडा नं.१७ का ३३ वर्षीय पुरुष, वडा नं. २६ का ३५ र ३८ वर्षीय पुरुष, एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का ४१ वर्षीय पुरुष र वडा नं.२ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २६१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ११ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९०३ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर १५३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १३४ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १०७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार ३५८ नमुना परिक्षण भएको छ ।
