देशभर थप १०७ जनामा कोरोना पुष्टि, १ को मृत्यु

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ६२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ७६६ जना महिला र १ लाख ७८ हजार ८५९ पुरुषमा कोरोना संक्रमण भएको हो ।

हालसम्म नेपालमा २ लाख ७१ हजार ६१० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६० जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।

हाल नेपालमा एक हजार जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५२ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार २५४ परिक्षण भएको छ भने हालसम्म २२ लाख २७ हजार ५४७ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: