पोखराको संगमटोलबाट लागु औषधसहित युवक पक्राउ

Share:

पोखरा । पोखराको संगमटोलबाट प्रहरीले अवैध लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल निवासी २१ वर्षीय टिङ्कु भन्ने सागर परियारलाई घरको कोठामा लुकाई राखेको नाईट्रोभ्याट ३८९ ट्याब्लेट सहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

परियारलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियारमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: