बाग्लुङमा मोटरसाइकलको ठक्करबाट युवा घाइते

Share:

बाग्लुङ। बाग्लुङमा मोटरसाइकलको ठक्करबाट एक युवा घाइते भएका छन् ।

शुक्रबार बिहान ११ः३० बजे बाग्लुङ नगरपालिका–२ धौलागिरिचोकमा ग १७ प १२०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री बाग्लुङ नगरपालिका–३ देउरालीचोक निवासी २८ वर्षीय कृष्ण आचार्य घाइते भएका हुन् ।

घाइते आचार्यको धौलागिरि अस्पताल बाग्लुङमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: