नवलपरासी पूर्वमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Share:

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपारासी (पूर्व) कावासोती नगरपालिका–८ स्थित सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–२ बस्ने वर्ष ३५ को जिवन राना रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाइते रानाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५८ प ७०४८ नं.को स्कुटी र चालक लडिरहेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ खटिएर गएको प्रहरी टोलीले रानाको उद्धार गरी उक्त अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: