एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दै, नेपाल–खनाल समूह नजाने

Share:

काठमाडौँ । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज शनिबार बस्दैछ ।

संसदीय दलको बैठक बिहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संसदीय दलको विधान संशोधन गर्ने तयारी रहेको छ । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिए ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएका केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समूह गएको थिएन ।

कमेन्ट गर्नुहोस्
Share: