पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शङ्कास्पद हरकत गर्ने नक्कली नेपाली सेनाको सहायक सेनानी पक्राउ

Share:

पोखरा । पोखरा–१४ स्थित निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै शङ्कास्पद हरकत गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ४ का तेन्जिङ तो गुरुङ भनी चिनिने १८ वर्षीय विपिन लगुन बि.क. रहेका छन् ।

शनिबार साँझ ५ः३० बजे विमानस्थल प्रवेश गरी शङ्कास्पद हरकत गरे पश्चात् विमानस्थलमा खटिएको नेपाली सेनाको टोलीले चेक जाँच गर्दा बि.क. नेपाली सेनामा कार्यरत नभएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको डिएसपी सुवास हमालले जानकारी दिए ।

बि.क. नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र, कालो रङ्गको नक्कली वाकिटकी रेडियो सेटको प्रयोग गरी विमानस्थलमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क.लाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: