
पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।
विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन् ।
पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५ का वडा अध्यक्ष धनबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, पूर्व विद्यार्थी सुनिल उलक, सुशिला केसी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहयोगदाता गौतमले आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताए ।
विद्यालयका शिक्षक टंक सुवेदीले विद्यार्थीलाई पोशाक उपलध गराउनका लागि सहयोग दाता एवम् विद्यालय परिवारबीच समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
