
पोखरा । सुनचाँदीको मुल्य आज मंगलबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सयले घटेको छ ।
आज छापावाला सुन ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
