अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, प्रहरी अधिकारीसहित कम्तीमा १० जनाको ज्यान गयो

Share:

काठमाडौँ । अमेरिकाको कोलोराडोमा स्थानीय सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा १० जनाको ज्यान गएको छ ।

बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा स्थानीय समय अनुसार सोमबार अपराहन्न एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उनलाई चोट लागेकाले उपचार भइरहेको खबरमा उल्लेख छ । आक्रमण के कारणले भयो भन्नेबारे खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: