
पोखरा । देशभर गत २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९७ हजार ७९ जना महिला र १ लाख ७९ हजार ३१० पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि थप ९० जना संक्रमणमुक्त भएका हुन् ।
हाल नेपालमा १ हजार १८२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५२ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ९६३ परिक्षण भएको छ भने हालसम्म २२ लाख ४८ हजार ९९३ परिक्षण भएको छ।
