गण्डकीमा बुधबार थप १४ जनामा कोरोना पुष्टि, ९ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र बाग्लुङ जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै १३ जना छन् भने बाग्लुङको बाग्लुङ नगरपालिकाका एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ का ३० वर्षीय पुरुष, वडा नं. ५ का ३८ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं. ६ की ३७ वर्षीया महिला, वडा नं. ८ का ३९ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.१५ की ४६ वर्षीया महिला, वडा नं.१६ का २७ वर्षीय पुरुष, वडा नं. १७ का २२ वर्षीय पुरुष तथा ४० र ५० वर्षीया महिला, वडा नं. २५ की ३८ वर्षीया महिला, वडा नं.३१ का ३५ वर्षीय पुरुष एवं बाग्लुङको बाग्लुङ नगरपालिकाका वडा नं. ३ का ६४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४२१ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ९ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९७८ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २३८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २१९ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३१२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३४ हजार ९१२ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: