
पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार छापावाला सुनको मूल्य ८६ हजार ७ सय रहेको थियो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४ सय ५० रहेको छ ।
यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
