गण्डकीमा बिहीबार थप ३० जनामा कोरोना पुष्टि, ५ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा आज बिहीबार थप ३० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र तनहुँ जिल्लाका ३० जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २८ जना छन् । ती मध्ये पोखरा महानगरपालिकाका १५ जना हुन् भने १३ जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकाका २ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.४ का २५ वर्षीय पुरुष, वडा नं. ५ का ३२, ३१ र ६० वर्षीय पुरुष, वडा नं. ८ का २३ वर्षीय पुरुष, वडा नं.१० का ३८ वर्षीय पुरुष, वडा नं.११ का ७९ वर्षीय पुरुष, वडा नं. १३ का ३७ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं.१५ का २३ र ५८ वर्षीय पुरुष, वडा नं.१६ का २४ वर्षीय पुरुष, वडा नं.१९ का २७ वर्षीय पुरुष, वडा नं.२६ का ६१ वर्षीय पुरुष, वडा नं.२९ का १९ वर्षीय पुरुष, माछापुच्छ्रे गाउँपालिका वडा नं.४ का १०, ५१ र २० वर्षीय पुरुष तथा ६०, १४, ६४, ६३, ३२, २८, ३७, ३६, २५ र ४८ वर्षीय पुरुष एवं तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.४ का ३८ वर्षीय पुरुष, वडा नं. ८ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४५१ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ५ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९८३ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २६३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २४० जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १३६ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३५ हजार ४८ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: