
पोखरा । देशभर गत २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९७ हजार १३३ जना महिला र १ लाख ७९ हजार ३७६ पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।
हाल नेपालमा १ हजार २१७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५५ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ८९१ परिक्षण भएको छ भने हालसम्म २२ लाख ५१ हजार ८८४ परिक्षण भएको छ।
