
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र बचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको बताएकी छन् ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले आदिवासी जनजातिहरु कम्युनिष्ट हुन नसक्ने बताउदै लोकतन्त्र रक्षाको लागि जनजातिहरु एक हुनको विकल्प नभएको बताइन् ।
सामाजिक सांस्कृतिक रुपमा लोकतन्त्र बचाउन कांग्रेसको सरकार नै अपरिहार्य भएको उनले बताएकी छन् ।
उनले यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण आयोजना गरिने बताइन् ।
गण्डकी प्रदेशका ११ जिल्लाका करिव १ सय ५० जना कार्यकर्ताहरु सो प्रशिक्षण कार्यक्रममा सहभागी हुने उनले बताएकी छन् ।
सो प्रशिक्षण सम्पन्न भए लगत्तै देशका अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिने उनले बताइन् ।
सबैको पहिचान भेटिने र जातिय द्वन्द्व मेटिने गरी प्रशिक्षणमा सहजिकरण गरिने उनले बताएकी छन् ।
सो अवसरमा बोल्दै पूर्व मन्त्री इन्द्रबहादुर गुरुङले काग्रेसले बाहेक अरु कुनै पार्टीले जनजातिको अस्थित्व स्वीकार गर्न नचाहने बताए ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशका संयोजक जीत बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
