विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड ६० लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ करोड ६० लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ६ लाख २२ हजार ३८६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १२ करोड ६० लाख ४८ हजार ९१४ पुगेको छ ।

तीमध्ये १० करोड १७ लाख १२ हजार ५९१ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३२ हजार ७१९ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा १० हजार ३३१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ६६ हजार ६४७ पुगेको छ ।

विश्वभर २ करोड १५ लाख ६९ हजार ६७६ सक्रिय संक्रमित छन् । ती मध्ये ९२ हजार १९२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ७ लाख ७४ हजार ३३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३१ लाख ९६ हजार २०९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५९ हजार ७४४ पुगेको छ ।

हाल अमेरिकामा ७० लाख १८ हजार ८० सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६९६ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २३ लाख २४ हजार ७६५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ७ लाख ७२ हजार ५४९ जना निको भएका छन् भने ३ लाख ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ४८ हजार ४९० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड १२ लाख ६२ हजार ५०३ जना निको भएका छन् भने १ लाख ६० हजार ९८३ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ४ लाख २२ हजार ५९६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: