पोखराका विभिन्न ठाउँमा आज र भोलि विजुली नआउने

Share:

पोखरा । पोखरा महानगरपालिकाका केही स्थानमा आज शुक्रबार र भोलि शनिबार विद्युत आपुर्ति बन्द हुने भएको छ ।

बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरण गर्नका लागि आपुर्ति बन्द गर्न लागिएको विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रले जनाएको छ ।

पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, बालोदय मार्ग, तिव्यतियन क्याम्प, डेभिज फल, छोरेपाटन, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: