
पोखरा । नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेको छ ।
आज छापावाला सुन तोलामा ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ८५० रहेको छ ।
यसैगरी, आज चाँदीको मुल्य स्थिर रहदै आज प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
