विश्वभर १२ करोड ७२ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ७२ लाख ७४ हजार ११० पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ५ लाख ८० हजार ९७ संक्रमित थपिएका छन् ।

तीमध्ये १० करोड २५ लाख ६० हजार ३४३ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ३ लाख ९८ हजार ७६० जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा ९ हजार ७६० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ८९ हजार १७ पुगेको छ ।

विश्वभर २ करोड १९ लाख २४ हजार ७५० सक्रिय संक्रमित छन् । ती मध्ये ९३ हजार ७९ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ९ लाख १७ हजार १३० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३३ लाख ४८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार १२ पुगेको छ ।

हाल अमेरिकामा ७० लाख ६ हजार ६१४ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ५९५ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २४ लाख ९० हजार ३६२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ८ लाख ७९ हजार ६२७ जना निको भएका छन् भने ३ लाख १० हजार ६९४ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १३ लाख ४१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड १३ लाख २१ हजार ५७८ जना निको भएका छन् भने १ लाख ६१ हजार ५८६ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ४ लाख ८७ हजार ८४० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: