देशभर थप ८९ जनामा कोरोना पुष्टि, ९५ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९७ हजार २४५ जना महिला र १ लाख ७९ हजार ५९४ पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ ।

हालसम्म नेपालमा ३ हजार २७ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा १ हजार २८२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५७ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार १०१ परिक्षण भएको छ भने हालसम्म २२ लाख ६१ हजार १४६ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: