
म्याग्दी । म्याग्दीमा एक महिना अगाडी देखि हराएका एक वृद्ध मृत फेला परेका छन् ।
रघुगंगा गाँउपालिका–६ सिद्धथानको जङगलमा आइतबार दिउँसो १२ः२५ बजे बेनी नगरपालिका–९ ढोलथान घर भएका ६१ वर्षीय गम्भिर बि.क. मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार एक महिना अगाडी देखि हराएका बिकको सडिगलि सकेको अवस्थामा शव फेला परेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
