पोखरामा श्रीमानको कुटपिटबाट घाईते भएकी महिलाको मृत्यु, श्रीमान पक्राउ

Share:

पोखरा । पोखरामा श्रीमानको कुटपिटबाट घाईते भएकी महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो अन्दाजी २ बजे पोखरा महानगरपालिका–२६ बरालडाँडा बस्ने वर्ष ४० की देवी जि.सी.बि.कलाई निजको श्रीमान ४९ वर्षीय देव बहादुर बि.कले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाईते भएकोमा आइतबार मृत्यु भएको हो ।

कुटपिटबाट टाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भई विभिन्न अस्पतालमा उपचार पश्चात पुनः घरमानै लगी राखेकोमा आइतबार अचेत भई पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको श्रीमानलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: