आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका अधिकांश स्थानको मौसम सोमबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ।

देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: