
बागलुङ । बाग्लुङमा फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झडप दुई युवाको मृत्यु भएको छ ।
बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा लागेको होली मेलामा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । उनीहरुको शव प्रहरीले दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको हो।
घटनामा बागलुङकै निसिखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवा बेपत्ता भएका आशङ्का गरिएको छ ।
घाइते र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
