सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

Share:

पोखरा । नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: