होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

Share:

काठमाडौँ । काठमाडौँको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एसिड छ्याप्न १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: