
पोखरा । कास्कीका ३२ सहित गण्डकी प्रदेशमा आज सोमबार थप ४५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ४५ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३१ जना छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ६ जना, पर्वतका ५ जना र म्याग्दीका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २५ र ४० वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.६ का ७० वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.९ का ४५ वर्षीय पुरुष, वडा नं.१० का ३८ वर्षीय पुरुष, वडा नं.१४ की ३३ वर्षीया महिला, वडा नं.१५ की ५४ वर्षीया महिला, वडा नं.१६ का ४९ वर्षीय पुरुष तथा ४३ र ५४ वर्षीया महिला, वडा नं.१७ का ६४ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं.१९ का ३३ र ३४ वर्षीय पुरुष, वडा नं.२७ का २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.२९ की १८ वर्षीया महिला, वडा नं.३० का ५०, ३४, ८३, ३५ र ७२ वर्षीय पुरुष तथा ४०, २७, ४२, ४२, २७, ७२ र ३८ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ४०, ५० र ७९ वर्षीय पुरुष तथा १७, ५९ र ६५ वर्षीया महिला, पर्वतको कुश्मा नगरपालिका वडा नं. ६ का ४, ३१ र ५६ वर्षीय पुरुष तथा २६ र ५२ वर्षीया महिला एवं म्याग्दीको बेनी नगरपालिका वडा नं. ७ का ४० र ६२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ५२५ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ३७ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार ३५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २८५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २६५ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २८७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३५ हजार ४९७ नमुना परिक्षण भएको छ ।
