
पोखरा । देशभर गत २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९७ हजार ३०१ जना महिला र १ लाख ७९ हजार ६७९ पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।
हालसम्म नेपालमा ३ हजार २७ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
हाल नेपालमा १ हजार ३४१ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५६ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार १२२ परिक्षण भएको छ भने हालसम्म २२ लाख ६४ हजार २६८ परिक्षण भएको छ।
