घाँस काट्न गएका ७ जना बेपत्ता

Share:

महोत्तरी । महोत्तरीको भंगहाबाट ७ जना बेपत्ता भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना बालिका र किशोरीहरु हिजो मंगलबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो अन्दाजी दुई बजे घाँस काट्न निस्केका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका परिवारका सदस्यले बताएका छन् ।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा हिजो दिउँसो गएको र साँझसम्म घर नफर्किंदा अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

हराइरहेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । एकै पटक ७ जना वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: