
काठमाडौँ । नेपाली बजारमा बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार १५० रुपैयाँ रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
चाँदी आज प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
