लेखनाथमा खाष्टे महोत्सव जारी

Share:

लेखनाथ । कास्कीको लेखनाथमा यहि चैत्र १२ गते देखि सुरु भएको प्रथम खाष्टे ताल महोत्सव सातौं दिनसम्म आईपुग्दा दर्शकको उल्लेखिए सहभागीताका साथ संचालन भईरहेको छ ।

उद्घाटन पुर्व कोरनाको बढ्दो आवस्थालाई मध्यनजर राख्दै स्वास्थयेका सम्पुर्ण विधीहरु अपनाएर दैनिक जसो विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै आयोजकहरुले दर्शकलाई हौसला दिलाउदै आएको दावी गरेका छन् ।

खाष्टे र न्युरेनी तालको प्राकृति स्रोत र साधनको संरक्षणमा टेवा पु¥याउने उदेस्यले खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिको आयोजनामा भएको महोत्सवमा सोचे अनुसार कै दर्शकको सहभागीता भएको हरिप्रसाद अधिकारीले बताएका छन् ।

महोत्सवमा दैनिक जसो मातृ शत्तिको सम्मानको लागि रत्यौली गीत प्रतियोगीता, राष्ट्रिय स्तरका कलाकारहरुको दोहोरी प्रस्तुती, हास्य प्रहसन तथा साझा युवा दर्शकका लागि पप कन्र्सट राखिएकाले सबै खाले दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको स्टेज संयोजक शिवहरि ढुगानाको दाबी रहेको छ ।

मेलामा आए पछि रमाईलो पनि हेर्न पाईने र आफुहरुलाई आवस्यक पर्ने घरयसी बस्तुहरु किन्न पनि पाईने भएपछि लामो समय पछि पहिलो पटक लेखनाथको खाष्टेताल किनारमा आयोजना गरिएको महोत्सवले दर्शकको मन जित्त सफल भएको आयोजक संस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीको भनाई रहेको छ ।

चैत्र २२ गते सम्म चल्ने महोत्सवमा वातावरणले पनि साथ दिएको र विद्यालयहरु पनि बन्द रहेकाले युवा युवती देखि स्कुले विद्यार्थीको सहभागीता दैनिक रुपमा हुँदै आएको प्रचार/प्रसार उप–समितीका संयोजक ईश्वराज भण्डारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: