बदली र वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आज बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागका थेरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: