
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ९४ लाख ५५ हजार ७६८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ६ लाख ४० हजार १६५ संक्रमित थपिएका छन् ।
तीमध्ये १० करोड ४४ लाख १ हजार ७२८ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ६५ हजार ९७३ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा १२ हजार २६६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख २७ हजार ४५२ पुगेको छ ।
विश्वभर २ करोड २२ लाख २६ हजार ५८८ सक्रिय संक्रमित छन् । ती मध्ये ९६ हजार ४५९ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ११ लाख ६६ हजार ३४४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३६ लाख ७३ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६५ हजार २५६ पुगेको छ ।
हाल अमेरिकामा ६९ लाख २७ हजार ६२६ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ७५९ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २७ लाख ५३ हजार २५८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ११ लाख ६९ हजार ९३७ जना निको भएका छन् भने ३ लाख २१ हजार ८८६ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ६१ हजार ४३५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना निको भएका छन् भने १ लाख ६२ हजार ९६० जनाको मृत्यु भएको छ ।
हाल भारतमा ५ लाख ८५ हजार २१५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
