
महोत्तरी । महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरमा ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
भारतको सितामढीबाट उद्धार गरि बुधबार नेपाल ल्याइएको किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पु¥यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको तर अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो अन्दाजी दुई बजे घाँस काट्न निस्केका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।
कमेन्ट गर्नुहोस्
