
पोखरा । देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
कमेन्ट गर्नुहोस्
