
काठमाडौँ । मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज (शुक्रबार) गरिँदै छ ।
भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम तय छ।
दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्।
मेलम्चीको पानी काठमाडौँ उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो ।
भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुनेछ ।
कमेन्ट गर्नुहोस्
