विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ करोड नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ७ लाख ६७८ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १३ करोड १ लाख ६४ हजार ४९८ पुगेको छ ।

तीमध्ये १० करोड ४८ लाख ८६ हजार ४३८ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ८० हजार ५३ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा ११ हजार ६८८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख ३९ हजार ६७४ पुगेको छ ।

विश्वभर २ करोड २४ लाख ३८ हजार ३८६ सक्रिय संक्रमित छन् । ती मध्ये ९६ हजार ४८० गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १२ लाख ४४ हजार ६३९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३७ लाख ५४ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६६ हजार ६११ पुगेको छ ।

हाल अमेरिकामा ६९ लाख २३ हजार ६३७ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ७२७ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २८ लाख ४२ हजार ७१७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १२ लाख ३९ हजार ९९ जना निको भएका छन् भने ३ लाख २५ हजार ५५९ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ७८ हजार ५९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना निको भएका छन् भने १ लाख ६३ हजार ४२८ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ६ लाख १५ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: