सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ ।

आज छापावाला सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: