
पोखरा । देशभर गत २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७२ हजार ९६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १११ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।
हाल नेपालमा १ हजार ६४७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६१ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५६५ परिक्षण भएको छ भने हालसम्म २२ लाख ७९ हजार १०५ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
