पोखराका २५ सहित गण्डकीमा शुक्रबार थप २७ जनामा कोरोना पुष्टि, २० संक्रमणमुक्त

Share:

पोखरा । पोखराका २५ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप २७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र तनहुँ जिल्लाका २७ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् । यस्तै, तनहुँको व्यास नगरपालिकाका २ जनामा पनि कोरोना संक्रमण भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ का २८ वर्षीय पुरुष, वडा नं.५ का ३३ वर्षीय पुरुष, वडा नं.८ का २५ वर्षीय पुरुष, वडा नं.९ का १५ वर्षीय पुरुष तथा १८ र ४० वर्षीया महिला, वडा नं.१० का ५८ वर्षीय पुरुष, वडा नं.१२ का ८० वर्षीय पुरुष, वडा नं.१४ का ३२ वर्षीय पुरुष, वडा नं.१५ का ५८ वर्षीय पुरुष, वडा नं.१७ का ६२ वर्षीय पुरुष, वडा नं.२५ की ३७ वर्षीया महिला, वडा नं.२८ का ३२ वर्षीय पुरुष, वडा नं.२९ की ५४ वर्षीया महिला, वडा नं.३० का ६ र १० वर्षीय बालकसहित ४०, ४६ र ८३ वर्षीय पुरुष तथा २१, २५ र २६ वर्षीया महिला, वडा नं. ३३ का ४४, ४५ र ७१ वर्षीय पुरुष एवं तनहुँको व्यास नगरपालिका वडा नं. २ का १४ वर्षीय बालक र वडा नं.४ का १६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ६५३ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २० जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार १०६ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ३४२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३१३ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १५७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३६ हजार २४४ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: