बाँकेको नरैनापुरमा भीषण आगलागी हुँदा ६० भन्दा धेरै घर जलेर नष्ट, एक महिला घाइते

Share:

बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी हुँदा अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको छ ।

नरैनापुर गाउँपालिका– ४ खोदावामा भएको आगलागीमा एक महिला घाइते भएकी छन् । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीबाट गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: